दफा १७
सम्भाव्यता कार्यक्रम र बजेट
: (१) फेला परेको पेट्रोलियम व्यापारिक महत्वको हुनसक्ने सम्भावना भएमा दफा १६ बमोजिम फेला परेको सूचना दिएको नब्बे (९०) दिनभित्र ठेकेदारले त्यस्तो पेट्रोलियम फेला परेको स्थलको व्यापारिक विकासको मूल्याङ्कन गर्नको लागि सम्भाव्यता कार्यक्रम तथा बजेटको विस्तृत विवरण स्वीकृतिको लागि विभागमा पेश गर्नेछ । ………………
(२) सम्भाव्यता कार्यक्रम वा पूरक सम्भाव्यता कार्यक्रममा एउटा वा धेरै इनार खन्ने वा परीक्षण गर्ने र उचित देखिएमा पेट्रोलियमको प्राप्ति, शुद्धीकरण, ढुवानी, सञ्चय र बजार व्यवस्थाको अध्ययन प्रतिवेदन समेत समावेश हुनु पर्नेछ । त्यस्तो कार्यक्रमको अवधि सम्भाव्यता कार्य पूरा गर्न चाहिने उचित समयावधिको हुनेछ र उचित कारण भएमा बढाउन सकिनेछ ।